पर्साको बनियार स्थित सव डिभिजन वन कार्यालयका कर्मचारीहरुले अवैध रुपमा जंगल फडानी गरि ल्याउँदै गरेको ३ थान सालको गोलिया बरामद

वीरगन्ज (पर्सा), ८ चैत ।
पर्साको बनियार स्थित सव डिभिजन वन कार्यालयका कर्मचारीहरुले अवैध रुपमा जंगल फडानी गरि ल्याउँदै गरेको ३ थान सालको गोलिया बरामद गरेको छ।

जंगलबाट कट्टान गरि ३ थान गोलिया बनाई ३ वटा साइकलमा लोड गरेर ल्याई रहेको अवस्थामा आइतबार विहान करिब २:३० बजेको समयमा पर्साको पर्सागढी नगरपालिका पर्ने मनवा बजारदेखि तेलिया जाने बाटोको मुसहर बस्ती नजिकैबाट वन कर्मचारीहरुले उक्त काठको सहित ३ वटा साइकल बरामद गरेको बताइएको बरामद गरिएको उक्त सालको काठ २४ क्वीफिट रहेको र उक्त काठलाई बनियार स्थित सव डिभिजन वन कार्यालयमा ल्याई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ भने काठ तस्करी गर्ने तस्करहरुले काठ सहित साइकल छाडी भागेको कारण पक्राउ गर्न नसकिएकोबनियार स्थित सव डिभिजन कार्यालयले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close