प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने रोहित प्रहरी नियन्त्रणमा ।

बिरगंज , असोज ०५ गते मंगलवार ।

पर्सा प्रहरीले प्रतिलिपी अधिकार ऎन विरुद्धको कसुर गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ बस्ने रोहित साह कानुले बढी नाफा कमाउने उदेश्यले आफूले संचालन गरेको अन्नपुर्ण मसला उद्योगको मसलाहरूमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२८ सबैठवा स्थित रहेको Chatker BMP Spices उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा विक्री वितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित उक्त अन्नपूर्ण मसला उद्योगमा रीतपूर्वक खानतलासी गर्दा तयारी Chatker BMP Spices उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६५४ पोका, तयार पार्नको लागि राखिएको कच्चा मसलाहरू १० बोरा तथा मसला पिस्ने मेसिन थान-१ र Chatker BMP Spices उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू समेत बरामद गरी मिति २०७८।०६।०३ गते २०:०० बजे निज रोहित साह कानुलाई नियन्त्रणमा लिई मिति २०७८।०६।०४ गते सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close