चोरीको १२ भोल्टको ब्याट्री ४ थान सहित पटेल पक्राउ ।

बिरगंज , चैत्र १७ गते मंगलवार ।

जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२४ बस्ने बर्ष २१ को दिप सागर पटेलले सोमबार अन्दाजी रात्रीको ११ बजेतिर ना.३ ख ८४८२ नम्बर ट्रक चलाई पावर हाउस चोक तर्फ आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साका मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले सो नम्बरको ट्रक माथि शंका लागी जाँच गर्ने क्रममा नम्बर नखुलेको ट्रकको 12 Volte को ब्याट्री थान-४ फेला पारी रितपूर्वक बरामद गरी सो नम्बरको ट्रक र सो ट्रकबाट बरामद भएका ब्याट्री थान-४ र निज दिप सागर पटेललाई प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा सो ब्याट्रीहरु नम्बर नखुलेको ट्रकबाट चोरी गरी ल्याएको हुँदा निजलाई चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रहार डेलीलाई जानकारी गराउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close