
बिरगंज , चैत्र २६ गते बिहीबार ।
पर्सा जिल्ला बीरगञ्ज म.न.पा.वडा नं.१० रानीघाट सडक खण्डबाट ना.१२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आईरहेको बेला रानीघाट पुल स्थित रोकी जाँच गर्ने क्रममा पर्सागढी नगरपालीका वडा नं.४ पश्रामपुर बस्ने ४५ बर्षिय तवारख देवान र त्यहि बस्ने ६० बर्षिय जोखन साई फकिरको साथबाट स्रोत खुल्न नसकेको नेपाली रु.१६,००,०००।–(सोह्र लाख ) फेला परेको हो।
उक्त नगद र मोटरसाईकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा प्रारम्भिक सोधपुछ गर्दा बीरगञ्ज म.न.पा.वडा नं.१० आदर्शनगर बस्ने ५० बर्षका उमेश शर्माको समेत सो कारोवारमा सलंग्नता रहेको खुल्न आएको हुँदा उमेश शर्मालाई समेत नियन्त्रणमा लिई तिनै जनालाई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा पर्सा जिल्ला अदालतको आदेशले दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




