
खेम राज खनाल चैत्र २९
बाँके । कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पकाउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस