वैशाख ४ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

नयाँ वर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सञ्चालन हुने भएकाे छ।

रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले आयाेजना गर्न लागेकाे प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्।

रेस्लर तथा कलाकार जुरेलीका अनुसार प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरको सहभागिता हुनेछ।

‘प्रतियोगितामा यी देशका झण्डै १५ रेस्लर सहभागी हुँदैछन्। अहिलेको कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं’, अस्मिताले भनिन्।Nepalkhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close