
बिरगंज , चैत्र ३० गते सोमबार ।
बिरगंजबाट नारायणघाट जदै गरेको ट्रक आइतबार राति पक्राउ परेको छ ।ना. ३ ख ७२१० नम्बरको पशुपति रोड क्यरियर्सको माल बाहक ट्रकमा भन्सार छली चोरी पैठारी गरि ल्याएका खुद्रा सामानहरुलाई नक्कली बिल बिजक बनाई लगिदै गरेको भन्ने सूचनाको आधारमा बिरगंज म. न. पा. वडा न.२४ गण्डकमा रोकि चेकजाच गर्ने क्रममा उक्त ट्रक भित्र अ. मु. रु. ४२ लाख बराबरको कस्मेटिक , हार्डवेयर र किराना सामान फेला परेकोले उक्त सामान सहित ट्रक तथा चालक जिल्ला बारा जितपुर सिमरा उ. म. न. पा. वडा न. ७ बस्ने बर्ष २८ को सुरज सिंह समेतलाई नियन्त्रणमा लिइ आवस्यक कार्वाहीको लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो।
आफ्नो प्रतिक्रिया दिनुहोस




