१४८८ एम्पुल लागु औषध सहित एक भारतिय पक्राउ ।

बिरगंज , बैशाख ०२ गते बिहीबार ।

नया बर्षको दिन बुधबार अं.०९:३० बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा भारत विहार राज्य, जिल्ला मोतिहारी, रक्सौल थाना, वडा नं.२४ बस्ने बर्ष २५ को भोला दासको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको सेतो झोलाभित्र लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १४८८ एम्पुल फेला परेकोले उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close