
पर्सामा प्रहरीले मास्क नलगाउँनेलाई जरिवाना तिराउँने भएको छ ।बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैया जरिवाना तिराउँने तथा समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर नश्किने सर्तमा एक थान मास्क वितरण गरी छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।
सोमबार बिहानै देखि पर्सा प्रहरीले बीरगन्ज महानगरपालिकाको घण्टाघर चौक,माइस्थान,भानुचौक,रानीघाट लगायतको ठाउँमा मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको छ । घरण्टाघरमा बिना मास्क सोमवार बिहान भेटिएका १७ जनालाई प्रहरीले जनही एक सयका दरले जरिवाना तिराएको छ । त्यसै गरी माइस्थानमा प्रहरीले १५ जनालाई कारवाही गरेको छ ।
बिना मास्क घरबाट निश्किने प्रवृतिलाई निरुत्साहित गर्न यो अभियान पर्साको सखुवा प्रसौनी गाउँपालिका,पर्टेवा सुगौली गापा,छिपहरमाई गाउँपालिका लगायतका स्थानिय पालिकाहरुमा रहेको हाटबजारमा पनि शुरु गरिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
पर्सामा तिव्र गतिमा कोरोना फैलिरहेको अवस्थालाई मध्य नजर गरी मास्क नलगाउँने उपर प्रहरीले कडा निति लिएको हो ।
पर्सा प्रहरीले बीरगन्ज महानरपलिका लगायतका अन्य सबै पालिकाहरुमा म्याकिङ्ग तथा जनचेताना मुलक कार्यक्रमलाई पनि अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।Nepal post daily




