
अहिले मुलुकको राजनीति अवस्था जटिल छ । दलहरु एक आपसमा मिल्न सकेका छैनन् । नेपाली जनताको चाहना भनेको दलहरु मिलेर देशको बिकास गरे हुन्थ्यो भन्ने हो । तर दलहरु मिलेर जाने कुरामा त्यति ध्यान दिन सकेका छैनन् । दल र तिनका नेताहरुमा व्यक्तिगत स्वार्थ छ । उनीहरुले व्यक्तिगत स्वार्थलाई त्याग्नु पर्छ । अनि मात्र देशको भाग्य र भविश्य निर्माण हुन सक्छ ।
अहिले राजनीतिक दलहरु जुन किसिमले धु्रविकरण भएका छन यसले मुलुकलाई अघि बढाउन सक्दैन । देश विकासका लागी दलहरु साझा एजेन्डा लिएर अघि बढदा मात्र राम्रो हुन्छ । राष्ट्रिय हितका लागी सवै मिलेर जानु पर्छ । राष्ट्रियता बचाउने सवालमा कुनै पनि किसिमका सम्झौता हुनु हुँदैन ।
नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा लाग्नु पर्छ । नेताहरु स्वार्थी भए । जसले गर्दा देशको भबिश्य पछाडी धकेल्लियो । देश बनाउन ढृढ इच्छाशक्ति चाहिन्छ । नेताहरुमा ढृढ इच्छा शक्ति भएको देखिएन । मुलुकको भाग्य र भविश्य निर्माणका लागी सवै पक्ष एक हुनु पर्ने आवश्यकता देखिएको छ । धेरै पहिले देखि सत्तारुढ दल नेकपा एमाले भित्र आन्तरिक खिचलो देखिएको छ । समान्तरण पार्टी कमिटी तल्लो तह सम्म गठन भएका छन ।
यसले नेकपा एमालेलाई अन्ततः कमजोर बनाएको छ । राष्ट्रिय हितको पक्षमा काम गर्नु पर्ने बेलामा नेताहरु फुटनु भनेको जनमतको अपमान हो । नेपाली जनता यी दलहरुको बिश्वास र भरोसामा छन । तर दलहरुले जनतालाई बिश्वास घात गदै आएका छन चुनावमा बोलेका बाचाहरु अझै सम्म कुनै दल र तिनका नेताहरुले पुरा गरेका छैनन् ।
यस्तो भए पछि जनतामा निराशा आउँदैन ? यद्यपि, पछिल्लो समय राजनीतिक दलबीच देखिएको खिचातानीले गम्भिर प्रश्न उठाएको छ । यदि राष्ट्रिय स्वार्थको विषय छ भने त्यसमा धक्का लाग्नु हुदैन । लामो समय सम्म बहसको बिषय बनेको एमसीसीमा सम्झौता गर्ने÷नगर्ने विषयले अझै पनि चर्चा पाएको छ । एमसीसीमा सम्झौता गर्नु हुदैन भन्ने पक्ष पनि धेरै नै छन । यो सम्झौता राष्ट्रिय हित बिपरित छ भन्नेहरु पनि छन । यो बिषयले विगतमा लामै बहस सिर्जना ग¥यो ।
अहिले पनि सबै एकमत भएको देखिँदैन। यो विषय संसद्मा लामै समयदेखि विचाराधीन छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयबारे छलफल गर्न शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको थियो । संसद्मा प्रतिनिधित्व गरेका दलहरू उक्त सर्वदलीय बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि विचाराधीन एमसीसी सम्झौतालाई पास गर्न सकारात्मक भूमिका निर्वाह गर्न दलहरुलाई आह्वान गरेको कुरा बाहिर आएको छ ।
केहि समय अघि राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा राजनीतिक जटिलता गहिरिँदै जाँदा सबै राजनीतिक दलहरुलाई सर्वदलीय बैठक डाकेर सहमतीय प्रणालीमा आउन जोड दिनु भएको थियो । उक्त बैठकले राजनीतिक दलबीचको तिक्तताको वातावरण सहज हुने अपेक्षा गरिएको थियो तर महिना दिन बित्दा पनि त्यसो हुन सकेको छैन।
मुलुकको अभिभावकका हिसाबले सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय एजेन्डामा एक भई अघि बढ्नु भनेर पहल गर्नु पक्कै सकारात्मक कदम हो । राष्ट्रिय मुद्दामा दलहरू मिलेर जानु पर्छ । त्यसमा नागरिकको पनि साथ हुन्छ । मुलुकमा राजनीतिक अस्थिरता निम्तिने गतिविधि हुनु हुदैन । त्यसले मुलुकलाई पछाडि धकेल्छ ।
मुलुकको समग्र विकासमा सवै एकजुट भएर जानु पर्छ भन्ने मेरो मान्यता हो । तर अहिले त्यसो हुन सकिरहेको छैन। दलबीचको स्वार्थ, अहं र महत्त्वाकांक्षाले विकासको गतिलाई पछाडि धकेलिरहेको देखिन्छ । प्रमुख दलका नेता मुलुकको विकासमा एकमत हुन नसक्नु दुखद कुरा हो ।




