
७ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने प्रमोद सरार्फ पक्राउ ।
बिरगंज , बैशाख ०७ गते मंगलवार ।
बिरगंज महानगरपालिका वडा नं.२४ स्थित डेरामा ३ जना छोराछोरीलाई छोडी सोमबार आमा- बुवा दुवै जना अन्यत्र काम गर्न गएको समय पारी सोही दिन १२:३० बजेको समयमा डेरा फर्किई आउँदा सोहि ठेगाना बस्ने बर्ष ३६ को प्रमोद सर्राफले ७ बर्षीया छोरीलाई आफ्नै घरमा लगी रु.१० दिई फकाई जबरजस्ती करणी गरेको भन्ने पीडितले बताएको हुँदा कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी पीडितको वुवाबाट प्राप्त भए पश्चात् निज प्रमोद सर्राफलाई आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले पर्सा पोस्टलाई बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




