सिमा नाका नामको मात्र सिल, तस्करी रुकेन भारतिय एसएसबी ले पेट्रोल समेत दुई जना पक्राउ गरे

राजन कुमार बानिया पोखरिया २७ सावनबिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बाट वचन र बचाउन नेपाल सरकार ले पर्सामा निशधागया र नेपाली सिमा सिल गर्न निर्देशन दिएपनी सिमानाका मा ब्यापक मात्रा मा तस्करी भईरहेको खुलन अाएको छ।

भारतिय सिमावर्ती सिकटा एसएसबी ले गयराती नेपाली पेट्रोल समेत दुई जना लाई पक्राउ गरेको छ। तेल तस्कर हरु ले नेपाल को धोबिनी गाउँपालिका मा रहेको पेट्रोल पम्प हरु बाट तस्करी गरि छिपहरमाई गाउँपालिका को बुढगाई जयमंगलापुर नाका भएर भारत को सिकटा नजिक सडकियाटोला तर्फ लगिरहेको अवस्थामा सीमा मा तैनात एसएसबी ४७ वीं बटालियन को जवान हरु ले भारतको सिकटा नजिक सड़किया टोला को समीप ६२५ लिटर नेपाली पेट्रोल र डिजल समेत बाइक सवार एक नेपाली समेत दुई जना लाई पक्राउ गरेको छ।

सिकटा एसएसबी का प्रभारी इंस्पेक्टर अनील कुमार ले दिएको को जानकारी अनुसार रात्री गश्ती को दौरान सड़किया टोला गाउँ नजिक बोर्डर पीलर ४१० को समीप नेपाल को जयमंगलापुर बाट बाइक सवार हरु लाई रोकेर एसएसबी का जवान हरु ले गिलन चेकजाँच गर्दा बाइक मा लोड रहेको १० वटा गिलन मा ५७५ लीटर पेट्रौल र ५० लीटर डिजल रहेको प्रभारी अनिल कुमार ले जनाए का छन।

पक्राउ पर्ने हरुमा एक जना नेपाल को छिपहरमाई गाउँपालिका को वार्ड नं ३ जयमंगलापुर गाउँ निवासी बिजय गिरी रहेको छ भने एक जना को पहिचान बलथर थाना को भंवरी गाउँ निवासी जितेंद्र कुमार साह रहेको एसएसबी का प्रमुख अनिल कुमार ले जनाए का छन। पक्राउ परेको ले दुई जना ले भारतिय नं बिअार २२के ३८५१ नम्बरको प्लेनटिना बाइक मा नेपाल को तर्फबाट तस्करी को पेट्रोल र डिजल भारत मा चर्को मुल्य मा बिक्री गर्न को लगिरहेको थियोे ।

सिकटा एसएसबी ले दुई जना तस्कर हरु र बाइकमा लोड रहेको पेट्रोल, डिजल समेत बेतिया कस्टम लाई बुझाएको एसएसबी प्रमुख ले जनाएका छन। सिमा नाका सिल भएको नाटक नेपाल प्रहरी र सशस्त्र प्रहरी हरु ले गरि खुल्याम तस्करी गराई रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close