बढी नाफा राखेर मास्क बेच्ने व्यापारीलाई विभागले गर्यो २ लाख जरिवाना 

वाणिज्य,आपूर्त तथा उपभोक्ता संरक्षण विभागले बढी नाफा राखेर माक्स बेच्ने त्रिपिरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई जरिवाना गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ २ को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरि दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ एकको ‘ख’ अनुसार २ लाख जरिवाना गएिको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।

उनका अनुसार विभागले आइतबार विभिन्न पसलमा अनुगमन गरेको थियो।

अनुगमन गर्दा प्रति पिस ४ रूपैयाँ ४६ पैसा थोक मूल्यमा किनेको सर्जिकल मास्क ८ रूपैयाँ ३८ पैसामा बेचेको पाइएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close