हेटौंडामा निषेधाज्ञाको पहिलो दिन: एसपी राठौर आफै चेकजाँचमा

अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरको चार स्थानीय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन आइतबार हेटौंडा बजार सुनसान छ । बजार प्रवेश गर्ने हेटौंडा-४ कर्रा, हेटौंडा-५ क्याम्पाडाँडा, हेटौंडा-१ चौकीटोल, हेटौंडा-१० राप्तिपुलमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर आफैं पुगेर सुरक्षाको विषयमा जानकारी लिदै चेकजाँचमा कडाई गरेका छन् ।

अत्यावश्यक उपभोग्य वस्तुहरु खाद्यान्न, पानी,दूध,माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री गर्ने पसलहरु विहान ९ बजेसम्म मात्र खुलेका थिए ।

यसैगरी एम्बुलेन्स, विरामी बोकेका गाडी, खाद्य, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने गाडी, शव बहान, फोहोर व्यवस्थापन गर्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई निर्बाध आवतजावत गर्न दिइएको छ । यधपी निषेधाज्ञाको उलंघन गर्ने एक दर्जन सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । prastakhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close