
खेम राज खनाल जेष्ठ १ कञ्चनपुर
बिश्वब्यापि रुपमा फैलिएको भेरीएन्ट सहीतको COVID 19 (कोरोना भाईरस) का बिरामिहरुको उपचारमा सहयोगको लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी कार्यालय समेतको पहल तथा समन्वयमा कञ्चनपुर जिल्लाका विभिन्न उद्योग कलकारखाना, सप्लायर्स, ग्यारेज, फर्निचर, अस्पताल तथा ब्यक्तिको साथमा रहेका( होल्ड गरी राखिएका) अक्सिजन सिलिण्डर संकलन गरी मिति २०७८।०१।२९ गते २९ वटा र मिति २०७८।१।३१ गते २८ गरी हालसम्म थान ५७ वटा अक्सिजन सिलिण्डर संकलन गरी महाकालि कोरोना अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी कोरोना अस्पताललाई बुझाईएको ।
अत: सम्पुर्ण कञ्चनपुरवासी आम नागरीकहरुमा बिश्वब्यापि फैलिदै गईरहेको भेरियन्ट सहितको COVID 19 को संक्रमण नेपालमा पनि तिब्र गतिमा बढिरहेको हुदाँ यस कञ्चनपुर जिल्लामा समेत जोखिमपुर्ण र भयाबह अवस्था सृजना भएका कारण अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किदिन हुन र घर बाहिर निस्कनै पर्ने अवस्था भएमा सुरक्षा साबधानीका साथ पास साथमा लिएर वा अनुमति लिएर मात्र यात्रा गर्न गराउन अनुरोध । साथै, यस महामारीबाट आफु बचौं अरुलाई समेत बचाउ, सभ्य र स्वस्थ नागरीकको परिचय दिऊ धन्यवाद ।
“जिल्ला प्रहरी कार्यालय कञ्चनपुर परीवार”