
बिरगंज , बैशाख ०२ गते बिहीबार ।
आज बिहान अं.०७:४५ बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थितमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्र.चौ.ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा जिल्ला बारा जितपुर सिमरा उ . म. न. पा. वडा न. ३ का १४ बर्षीय बालकको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले आफ्नै शरीरमा कालो प्लाष्टिकको पेटी वेरी लुकाइछिपाई ल्याएको लागु औषध गाँजा २ के.जी. फेला परेकोले उक्त लागु औषध गाँजा बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




