
सन् १९९५ ताका एकदिन रुवी राणा र ऐश्वर्या रायको रानी ऐश्वर्यसँग दरबारमा भेट्ने कुरा भएछ। उनी निकै खुसी भएकी थिइन् रानीसँग भेट्न अनि कुरा गर्न। तर एक्कासि आयोजकबाट खबर आयो – ‘तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र भेट गर्ने रे।’
त्यस खबरले रुवीको मन खिन्न बनायो।
किनकि उनलाई रानी ऐश्वर्यसँग भेट्ने मन थियो। ‘उकाली ओराली’ गीतकी गीतकार चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो। रानीको भुक्क फूलेको ‘देवी’को जस्तै केश सज्जा हेर्ने धोको थियो उनमा। सिफन साडीको सप्कोमा कस्तो बुट्टा छ नजिकबाट नियाल्नु थियो। रानीका कमल कोपिला जस्तो हातमा काचका चुराहरु खन्केको आवाज सुन्ने।
बिरगंज शहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनक जङ्ग बहादुर राणा र कमला देवी राणाको पक्कै पनि princess थिए म। र नेपालको प्रथम नेपाल सुन्दरी। किन दर्शन दिन खोजिबक्सिएन रहस्य नै रहने भो मनमा।
अथवा राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो कि!!
मलाई त मेरो रानीलाई साक्षात दर्शन गर्नुथियो। ‘उकाली ओराली ‘गीतकी चान्दनीको उज्यालो मुहारलाई नजिकबाट न्याल्नु थियो। रानीको भुक्क फुलेको देवीको जस्तै केश सज्जा हेर्ने धोको थियो।
कान्धमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो।
कमल कोपिलाजस्तो हातमा काचका चुराहरु खन्केको आवाज सुन्नु थियो।
जति मैले मेरो रानीलाई चिनेको थिए विश्व सुन्दरीले के चिनेकी थिइ होला!!??
‘मैले मेरो रानीलाई चिनेको थिएँ विश्व सुन्दरीले के चिनेकी थिई होला,’ रुवीले लेखेकी छिन्। पहिलो मिस नेपाल रुवी राणाले २५ वर्षदेखि मनमा खड्किरहेको यस तीतो घटनालाई सामाजिक सञ्जालमार्फत पोखेकी हुन्। मिस वर्ल्ड १९९५ ऐश्वर्या राय र नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँगको आफ्नो एउटा फोटोसहित घटना बारे लेखेकी हुन्।
रानीले किन त्यो भेट रद्द गरिन्? उनको मनमा उब्जिएको प्रश्नको जवाफ आजसम्म पाएकी छैनन्। तर, घटनापछि आफ्नै माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरेजस्तो हिन महसुस भयो। उनलाई आफ्नो ताजको महत्व र चमक धमिलो लाग्न थालेको जनाएकी छिन्।
ऐश्वर्या रायले रानीसँग भेटेपछि उनीहरू तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई भेट्न प्रधानमन्त्री निवास गए। रानीलाई भेट्न नपाएको कुराले उनको मन निकै पोलिरहेको थियो।
तर, प्रधानमन्त्री र उनकी श्रीमतीले गरेको आदर सत्कार र रमाइलो कुराकानीले उनको मन प्रफुल्लित भयो। लेख्छिन्, ‘अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो। उहाँले भन्नुभयो, हामी देशवासीहरु एकदमै खुशी छौं तिमीलाई नेपाल सुन्दरी भएको देख्न पाउँदा। नेपालको यो प्रथम प्रयास हो। निरन्तरता जारी रहोस्।”
उनले यस घटनाबारे लेखेर मनमा बिझेको काँडा निकालेको बताएकी छिन्।philopost




