३० ग्राम लागु औषध खौरो हिरोईन सहित १७ बर्षिय बालक पक्राउ ।

बिरगंज , चैत्र ०६ गते शुक्रबार ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको लागू औंषध नियन्त्रण व्युरो प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा बिहीबार साझ ६:३० बजे बिरगंज महानगर पालिका वडा न.१४ पावर हाउस चोकमा चेकजाँच गर्ने क्रममा १७ बर्षिय बालक माथी शन्का लागि निजको शरीर रितपुर्वक खानतलासी गर्दा निजले बोकेको ६ वटा सेतो प्लास्टिकको पोका भित्र लुकाई छिपाई ल्याएको लागू औषध खैरो हिरोईन ३० ग्राम फेला परेकोले उक्त लागू औषध बरामद गरि निजलाई नियन्त्रणमा लिई आजै सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close