भंसार छली ल्याउदै गरेको खाद्यान्न तथा केराउ र कस्तुरी रक्सी बरामद।

बिरगंज , जेष्ठ ०९ गते आइतबार ।

शनिबार दिउँसो अं.१६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, छपकैया, भकुवा,सिर्सिया र नगवा स्थितबाट अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अ.मु.रु.१,२२,०९०।–( एक लाख बाइस हजार नब्बे रुपैया ) मुल्य बराबरको खाद्यान्न, स्याउ, केराउ र कस्तुरी रक्सी लगायतका मालबस्तुहरु जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले बरामद गरी आज आइतबार आवश्यक कार्वाहीको लागी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close