अबैध काठ सहित मोटरसाईकल नियन्त्रणमा ।

बर्दिया , जेष्ठ २५ गते मंगलवार ।

जिल्ला बर्दिया मधुवन नगरपालीका वडा नं.-५ गाउ नं. ११ स्थित बाटोमा जंगल फडानी गरी अबैध काठ चोरी निकासी हुँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा आज बिहान १ बजे तिर तत्काल ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्र.नि. राजन कुमार गौतमको कमाण्डमा प्रहरी टोली खटी जाँदा प्रहरी पुग्न पहिलानै उक्त अबैध कार्यमा संलग्न रहेका ब्यक्तीहरु फरार रहेको र निजहरुले अबैध रुपमा चोरी निकासी गरी ल्याई उक्त स्थानमा छोडी गएका ६ वटा सालको गोलिया काठ र उक्त कार्यमा प्रयोग गरिएको भे. १० प. ७१४८ नं. को टि.भि.एस कम्पनीको रातो रंगको आर.टि.आर. अपाचे मोटरसाईकल थान -१ बरामद गरी आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close