
हेटौंडा , असार ०३ गते बिहीबार ।
मकवानपुर प्रहरीले १४३ केजि ३०० ग्राम लागु औंषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको प्रहरी टोलीले आज बिहान ३:०० बजे मनहरी तर्फ बाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नं. को कन्टेनर गाडीमा लागुऔषध गाँजा ल्याईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. ११ थानाभर्याङ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा उक्त गाडिलाई रोकी चेकजाँच गर्दा उक्त कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा १४३ किलो ३०० ग्राम फेला परेको हुँदा उक्त गाडी चालक जिल्ला सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नं. ५ सिगार्से बस्ने बर्ष २८ को सनक बहादुर तामाङ, सह-चालक ऐ.ऐ. वडा नं. ८ मानेश्वरा बस्ने बस्ने बर्ष २४ को सोमे तामाङ र सोही गाडिमा सवार जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. १ गल्छराङ बस्ने बर्ष १८ को सविन तामाङलाई उक्त लागुऔषध गाँजा र कन्टेनर गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।




