बिरगंजमा रहेको वयोधा हस्पिटल २ बर्ष पूरा हुदा पनि हस्पिटल बिना स्वीकृती सन्चालन , यश बारे सम्बन्धित निकाय मौन ।

अजित भुजेल

बिरगंज , असार ०९ गते बुधबार ।

पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२३ स्थित गण्डक नजिक रहेको वयोधा हस्पिटल बिना ईजाजत सन्चालनमा रहेको छ ।

आन्तरिक राजस्व कार्यालय बिरगंजमा स्थायी लेखा नम्बर ६०२३९५३८८ नारायणी वयोधा हस्पिटल प्रा.लि. प्राईभेट , ठेगाना पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२३ गण्डक मिति २०७१/०५/०४ गते व्यवसाय कारोवार स्वास्थ्य सम्बन्धि अन्य सहायक सेवाहरु , सामान्य अस्पतालको लागि करदाता अशोक बैध रहेको सो अस्पताल ७ बर्ष पूरा भएको र हस्पिटल संचालन भएको २ बर्ष पुरा भैई ३ बर्षमा प्रबेश भैइ सक्दा पनि सो हस्पिटलले हस्पिटल संचालनको स्वीकृती नलिई गैरकानुनी रुपमा मापदण्ड बिपरित हस्पिटल सचालन गरेको हुदा उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीको ध्यानाकर्षण भैइ सो बारे जानकारी संचालक सङ्ग बुझ्दा प्रक्रियामा रहेको तर अन्य कुरा बुझ्न जिल्ला प्रशासन कार्यालय पर्सामा बुझ्न भनेको , यश बिषयमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे सङ्ग बुझ्दा यश बिषयमा आफुलाई थाहा नभएको र विभिन्न पत्र पत्रीकाको माध्यम र तपाईंले मेरो ध्यानाकर्षण गराउनु भएको साथै सन्चालक अशोक बैध सङ भएको कुरा कानीको कल रिकड सुनाउदा यश बिषयमा बुझी अबिलम्ब कार्वाही गर्ने आश्वासन दिनु भएको भोलि पल्ट जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमन गने क्रममा बिना ईजाजतको हस्पिटल सन्चालन गरेको पाईएकोले सो अनुरुप सहायक प्रमुख जिल्ला अधिकारीले अनुगमनमा देखिएको प्रतिवेदन असार ८ गते बुझाएको थियो ।

अब हेर्नू पर्ने छ , सम्बन्धित प्रशासनले कस्तो कार्वाही गर्ने छ र मेडिकल माफियाले आफुले गरेको गल्ती अनुसार हस्पिटल बन्द गर्छ ?

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close