सशस्त्र प्रहरीद्वारा मेडईन ईटाली लेखिएको एउटा पेस्तोल र सोको दुई वटा गोलीसहित दुई जना पक्राउ ।

सर्लाही, असार ११ गते शुक्रबार ।

मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा ईलाकाबाट बिहिबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षिय संजय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्राम पंचायत ५ बस्ने ४० वर्षिय उमा शंकर महतो छन् । भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ सहित उनिहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको सशस्त्र प्रहरी गण सर्लाहीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close