नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज च्याप्टरद्वारा मन्त्री कुलमान घिसिङलाई स्वागत, तिलावे पुलको जोखिमबारे अवगत

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज च्याप्टरद्वारा मन्त्री कुलमान घिसिङलाई स्वागत, तिलावे पुलको जोखिमबारे अवगत

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज च्याप्टर/केन्द्रको पहलमा नेपाल सरकारका माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङज्यूलाई विश्‍वा होटल वीरगन्जमा एक कार्यक्रममार्फत स्वागत गरिएको छ।

संक्षिप्त भेटवार्ताको क्रममा इन्जिनियरहरूको करिअर स्थिरता, परियोजना कार्यान्वयनका चुनौती, सरकारी संयोजन र समन्वय सुधारको आवश्यकता लगायतका महत्वपूर्ण विषयहरु उठाइयो।

सो अवसरमा विशेष रूपमा तिलावे पुल (गण्डक नहर) गम्भीर रूपमा कमजोर भइसकेको र कुनै पनि बेला ठूला दुर्घटनाहरू हुन सक्ने अवस्था रहेको जानकारी मन्त्री घिसिङलाई गराइएको थियो। पुलमा समस्या बढ्दै गएसँगै वरपरका बस्ती र सर्वसाधारण उच्च जोखिममा रहेको बताउँदै स्थानीय समुदायले यसलाई प्राथमिकताका साथ समाधान गर्न माग गरिरहेको उल्लेख गरिएको थियो।

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज च्याप्टरका सभापति ई. प्रियान्सु गुप्ता (रौनियार) ले तत्कालका लागि वैकल्पिक रूपमा अस्थायी बेली पुल निर्माण आवश्यक रहेको माग औपचारिक रूपमा पेश गर्दै समस्याको दीर्घकालीन समाधानका लागि सरकार–संस्थाबीच सहकार्यको आवश्यकता औंल्याए।

एशोसिएसनका प्रतिनिधिहरूले स्थानीय विकास, पूर्वाधार सुरक्षाको सवाल र इन्जिनियरहरूका पेशागत चुनौती समाधानका दिशामा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close