नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना कर्याप्यै !

भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेको प्रहरी निरीक्षक खनालले बताइन् ।

पक्राउ परेका आरोपीहरुलाई नागरिकतासम्बन्धी कसुरमा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक खनालले बताइन् । kantipath

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close