
बिरगंज , असार २८ गते सोमबार ।
बिरगंजको मुटुमा रहेको घन्टाघर अगाडि बि .पि. उधानमा पार्क बनाउनु पर्नेमा केही दिनदेखि पार्किङको लागि जग्गामा ढलान कार्य हुँदै आई रहेको बिषयमा ३ दिन देखि नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता बि•पी• उद्यान जग्गाको विषयमा एकलै आवाज उठाउदै आएकोमा आज नेपाली कांग्रेसको पर्सा सभापतिद्वारा प्रेस बिज्ञपति जारी गरि समर्थन जनाएका छ ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले आज एक विज्ञप्ति जारी गर्दै उक्त वीरगंज घण्टाघरको उत्तर तर्फ रहेको वी.पी.उधानको नाममा रहेको जग्गामा केहि दिन देखि पार्कको मूल संरचनानै निर्माण नगरि, पार्किङ्ग एरीया मात्र भनेर वी.म.न.पालिकाले अवैज्ञानिक तरीकाले जमीन माथीको सतह ढलान गरिरहेको जनताको जनगुनासो बढर्दै गएको छ।
नेपाल सरकारले पार्क बाहेक अन्य कुनै प्रयोजनमा उपयोग गर्न नपाईने भनेर मालपोतको लालपुर्जामा समेत उल्लेख गरिएकोलाई बेवास्ता गर्दै वी.म.न.पालिकाले पार्कको संरचना नै ध्वस्त गर्न लागेको हो कि भन्ने जनमानसमा शंका उत्पन्न भएको उल्लेख गरिएको छ ।




