
वीरगंज, पर्सा
पर्सा जिल्लामा रहेको पटेर्वा सुगौली गाउपालिकाको नया बन्ने प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका नेता एवम नेपाल सरकारका परराष्ट्र मन्त्री एन.पि.साउदले शिलान्यास गरेका छन।भवन स्थानीय सरकारको लागतबाट निर्माण हुन लागिएको हो। स्थानीय सरकारको ६ करोड ९ लाख रुपैयाको लागतमा सभा हल,पालिका घेराबारा र ईन्टरलक निर्माण हुने निर्माण सम्पन्न हुने अवधि २ दुइ वर्षमा निर्माण गरि निर्माण कम्पनीले पटेर्वा सुगौली गाउँपालिका लाइ बुझाउने सहमति भएको प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी गराएका छन।
कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम परराष्ट्र मन्त्री एन.पि.साउद ले नेपाली कांग्रेस पार्टी नेतृत्वमा नै देश समृधहुन सक्ने बताए। उनले अहिले शिक्षकहरु को हकहितको लागि सरकार कामगर्दै छ। जब सम्म क्षमतावान तालिम प्राप्त शिक्षकको कमी हुन्छ तबसम हाम्रो देशको शिक्षा प्रणाली सुध्रिन सक्दैन। बिधालयमा अहिले दरबन्दीको पनि कार्यहुदै गएको र हरेक बिधालय राम्रो कक्षा कोठा ल्याबरेरी लगायतको ब्यवस्थापन हुन जरुरी रहेको बताए ।
नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले पटेर्वा सुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरीको नेतृत्वमा गाउपालिकाले विकाशको हति हासिल गरेको बताए।आउने दिनमा पर्सा जिल्ला को प्रसिद्ध धार्मिक स्थल रहेको भाठा धामको रोडलाई छिटो बनाइने बताए ।
त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मीले अहिले देशमा तीन तहको सरकार रहेको छ। स्थानीय सरकार हाम्रो घर आंगनको सरकार भएको ले जनताको सेवा गर्नलाई भवनको आवश्यकता रहेको बताए। पटेर्वा सुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरीले भवन बनाउन कार्य अगाडि बढाउनु भएकोमा सर्हानिय रहेको बताए ।
आज भएको शिलान्यास कार्यक्रममा मुख्य अतिथिका रुपमा रहेका परराष्ट्र मन्त्री एन.पि. साउदलाई पर्टेर्वा सुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरी तथा उपाध्यक्ष ममता महतोले खादा ओधाइ मायाको चिन्नेले सम्मान गरेका थिए। साथै गाउपलिकाका अध्यक्ष दिनेश चौधरीले पटेर्वा सुगौली गाउपालिकाको शिलान्यास कार्यक्रममा परराष्ट्र मन्त्री एन.पि.साउद आइदिनु भएको मा अभार समेत प्रकट गरेका छन। त्यस्तै प्रशासनिक भवन निर्माण को लागि जग्गा दाताको रुपमा जग्गा दान गर्नु भएका मनोज चौधरीलाई सम्मानित गरिएको थियो।
सो कार्यक्रम पटेर्वा सुगौली गाउपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस पर्साका सचिव दिनेश कुमार चौधरीको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा पटेर्वा सुगौली गाउपालिका कि उपाध्यक्ष ममता महतो स्वागत मन्तव्य राखेकी थिइन। सो अवसरमा विशिस्ट अतिथीको रुपमा प्रशासकीय अधिकृत सन्देश यादव, मधेश प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्री,उपसभापति रामनारायण कुर्मी ,श्याम पोखरेल ,शम्भु चौहान,ललन द्विवेदी,रामजनम चौधरी,नेपाली कांग्रेस महिला संघ पर्सा कि अध्यक्ष किरण शर्मा,नेपाली कांग्रेसका युवाहरु तथा स्थानीयहरु को उल्लेख उपस्तिथि रहेको थियो ।




