पकाहामैनपुर गाउँपालिकामा बिना कार्यदेश १५/२० ट्याक्टर ग्रेभर खसालि २५ देखि ३० लाख सम्मको भुक्तानी गराउन चलखेल

पकाहामैनपुर गाउँपालिकामा बिना कार्यदेश १५/२० ट्याक्टर ग्रेभर खसालि २५ देखि ३० लाख सम्मको भुक्तानी गराउन चलखेल

पकाहामैनपुर गाउँपालिकामा बिना कार्यदेश १५/२० ट्याक्टर ग्रेभर खसालि २५ देखि ३० लाख सम्मको भुक्तानी गराउन चलखेल

राहुल गुप्ता
पकहाँमैनपुर गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले छानबिन गरिरहेको थियो।पकाहामैनपुर गाउँपलिकामा बिकासको नाममा बढी भ्रस्टाचार मात्र हुने गरेको छ। करोडौं बजेट कागजी रुपमा मात्र सिमित रहेको स्थानियको उजुरी पछि अख्तियार अनुसन्धान आयोगको हेटौंडाको टोलिले विभिन्न योजनाका कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आइरहेको छ। ।त्यस्तै पकाहामैनपुर गाउपालिकामा बिना कार्यदेश १५/२० ट्याक्टर ग्रेभर खसालि २५ देखि ३० लाख सम्मको भुक्तानी गराउन इन्जिनियर मन्जय साह र गाउपालिका प्रमुख सुरेश मेहेता को बिच सेटिङ्ग भएको स्थानीयहरुले बताएका छन ।

गाउँपालिकाले संचालन गरेको विभिन्न विकासका योजना,सामाजिक,शिक्षा,लघु उद्यम बिकास तालिम कार्यक्रम,बिधालयहरुको दिवा खाजा,सेनेटरी प्याड लगायत योजनाहरु कागजी रुपमा मात्र हुने गरेको र यस्मा ठूलो अनियमिता भएको स्थानीयले बताउदै आएका छन। त्यस्तै पकहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा हरेक वर्ष छ्ठ पर्वको अवसरमा लाग्ने मेलामा कुस्ती प्रतियोगितामा भएको पच्चीस लाख खर्चको र एउटै बाटोमा दुई दुई पटक माटो ग्रेबलमा करोडौ अनियमिता गरि भुक्तानी गरेको विषयलाई लिएर पनि ठूलो अनियमितता भएको स्थानीयहरुले आरोप लगाएका थिए।

विकासको नाममा भ्रष्टाचार बाहेक केही नगरेको उक्त गाउँपालिकाका अध्यक्ष सुरेश मेहेताले राजनीतिक भागबन्डा लगाउनमा मात्र ब्यस्त हुने गरेको एक वडा अध्यक्षले बताए । त्यस्तै आफू निकट ब्यक्तिहरु लाई गाउँपालिकामा नियुक्ति गरेर उनले गाउँपालिकालाई आर्थिक भार थप्ने काम मात्र गरेको एक बुद्धिजीवीले बताएका छन्।

त्यस्तै अहिले पकहामैनपुर गाउपालिका मा भइरहेको भ्रष्टाचार लाई लिएर एमालेका मकाहामैनपुर गाउपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले १५/२० ट्याक्टर ग्रेभर खसाली २५ देखि ३० लाखको भुक्तानी गर्न खोज्दा बिरोध गर्दै आएका छन । मेयर सुरेश मेहेता भागबण्डा मात्र लागि रहने उनले आरोप लगाएका छन । अहिले पालिकाले आफ्नो बजेट समेत सार्वजनिक गर्न सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close