
नवमीको शुभ अवसरमा श्री बौधीमाई पिपरा युवा क्लबले क्लब लाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरु लाई सम्मान गरेको छ।क्लबका अध्यक्ष संदिप कुमार कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा जनता समाजवादीका जिल्ला अध्यक्ष राजेश मान सिंह रहेका थिए भने उप प्रमुख अतिथिका रुपमा बिरगंज वडा नं १४ का वडा अध्यक्ष भरत कुर्मी रहेका थिए। सो कार्यक्रममा विभिन्न जेष्ठ ब्यक्तीहरुलाई दोसला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै क्लब लाई सहयोग गर्ने युवाहरुलाई पनि सम्मान गरिएको थियो ।सम्मान पाउनेमा बिरगंज घडिअर्वा निवासी सुमित कुमार लगायत स्थानीय युवाहरु रहेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




