माछा मार्ने क्रममा पोखरीमा डुबेर छिपहरमाई गापामा एक बालिकाको मृत्यु ।

माछा मार्ने क्रममा पोखरीमा डुबेर छिपहरमाई गापामा एक बालिकाको मृत्यु

बिरगंज , पोखरिया । बैशाख २७ गते शनिबार ।

राजन कुमार बानिया

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीमा आज एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उदयपुरघुर्मी घर भएका माेतिलाल यादवकी ७ बर्षिय अंजली कुमारी यादवकाे पाेखरीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
बन्जारी स्थित शिव राउतकाे घरमा अाफ्नो मामाको घर आएकी अंजलीकाे माछा मार्ने क्रममा पाेखरीमा डुबेर मृत्यु भएकाे सशस्त्र प्रहरी निरिक्षक हरिपराजुलीले जनाए छन।
बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे खबर थाह पाए लगतै घटना स्थलमा सशस्त्र प्रहरी बल बोर्डर अाउटपोस्ट बंजारी र प्रहरी चौकी बंजारीको टोली पुगी ईलाका प्रहरी कार्यालय पोखरियाको जानकारी गरेपछी शवकाे मुचुल्का उठाई शवको पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी गराएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close