धिरज गुप्ताद्वारा नेपालीहरुको महान पर्व सुभ दिपावली र छ्ठ पर्वको अवसरमा शुभकामना ब्यक्त ।

बिरगंज , कार्तिक १८ गते मंगलवार ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसनका पर्सा जिल्ला सचिव धिरज गुप्ता द्वारा नेपालीहरूको महान पर्ब शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी, समाजसेबी,बुद्धिजिवि, जेष्ठ नागरिक , सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , सन्चारकर्मी , उद्योग व्यापारी , राजनैतिक पार्टी , क्लब , संघसस्था , शिक्षक , विद्यार्थीहरु लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

साथै यस पर्बले समाजमा प्रकृतिका बिभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको भन्दै यस पर्बलाई उज्यालोको प्रतीकको रूपमा रहेको सचिव गुप्ताले बताउनुभयो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो।

सामाजिक दुरि कायम गरि , सरकारले तोकेको मापदण्ड अनुसार पर्वलाई भब्य र सभ्य बनाउन पनि आग्रह गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close