
पर्सा२१ असोज/ वीरगंजका दुई व्यापारिक घरानाले दुई पांग्रे विद्युतीय सवारी साधनको आयात र बिक्री वितरण थालेपछि अहिले मोटरसाईकल खरिदकर्ता बिच चर्चाको बिषय बनेको छ ।
वीरगंज हेल्थकेयर(बीएचसी) एक मात्र नेपालका अधिकृत बिक्रेता हुन । क्याल ग्रुपसंग समन्वय गरि बजार व्यवस्थापनमा लागेका वीएचसिले एक महिनामा देशका १५ प्रमुख शहरहरुमा आफनो शोरुम संचालनमा ल्याएको छ ।
वीएचसीका संचालक हासिम अंसारीले अहिलेसम्म नेपालमा बिक्री हुदै आएका बिधुतीय दुईपग्रा मोटरसाईकलले क्रेताको मन जितन सफल भएको बताए ।
अन्य गाडीको तुलनामा सर्बिसिग टाईम बढी,सुलभ मुल्यमा जहापनि पाउने स्पेयरपार्टको उचित व्यवस्थपान गरिएको बताए । क्याल समूहका सुरेश क्याल र वीरगंज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारीको संयुक्त लगानीमा बीएचसी इन्टरनेशनल प्रालि स्थापना गरिएको छ । ओकिनावाको बाइक र स्कुटर अहिले भारतमा उत्पादन हुन्छ ।
करिब २५ करोडको लगानी गरी तीन महिना अघिदेखि बाइक र स्कुटरको बिक्री सुरु गरेको अन्सारीले बताए । ‘२०८८ सम्म सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘त्यसकारण हामी यो व्यवसायमा प्रवेश गरेका हौं।’
तीन महिनाको अवधिमा ६ सय विद्युतीय स्कुटर बेचिसकेको उनले बताए । अन्सारीका अनुसार वीरगंजको गण्डक बहुअरी, काठमाडौंको जडीबुटी, बल्खु, बनेपा, रौतहटको गौर र चन्द्रपुर, जीतपुर सिमरा कलैया,वीरगज,हेटौडा, नारायणघाट, लहान, ईटहरी र पोखरा बुटवल धनगढी नेपालगंज १५वटा शोरुम सञ्चालनमा ल्याइएको छ । दसैंसम्म देशका करिब २४ स्थानमा शोरुम खोल्ने योजना रहेको उनले जानकारी दिए ।
अन्सारीले अहिले स्कुटर मात्रै बिक्री भइरहेको र तीन महिनापछि मोटरसाइकलको पनि बिक्री शुरु गर्ने योजना रहेको पनि सुनाए । स्कुटर १ लाख ७० हजारदेखि ३ लाख ४० हजारसम्म पर्छ । उनका अनुसार मोटरसाइकलको मूल्य ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म छ ।




