जनमत पार्टी पर्साको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

अजित भुजेल

वीरगंज, कात्तिक २५ गते मंगलवार ।

जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले बिगत लामो समय देखि मधेस र मधेसीको नाममा मत लिए पनि मधेसीको हक अधिकारको लागि केही गर्न नसकेको आरोप लगाउनु भयो ।

जनमत पार्टी पर्साद्धारा हिन्दूहरुको महान चाड दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य खानले दलित, जनजाति, मधेसी, पिछडिएका वर्गको हक अधिकार जनमत पार्टीले मात्र दिलाउन सक्ने दाबी गर्नुभयो ।

रोयल पार्टी प्यालेस वीरगंजमा आयोजित कार्यक्रममा पार्टीका संस्थापक सदस्य समेत रहेका खानले हाल कोरोना महामारीको अवस्था रहेकोले स्वास्थ्य मापदण्डको पालना गरी चाडपर्वहरु मनाउन आग्रह समेत गर्नु भएको थियो ।

पार्टी पर्साका सह–ईन्चार्ज ई. राहुल रौनियार र महिला संठनकाका अध्यक्ष अनिता रौनियारको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश साह, बारा जिल्ला सदस्य करतिक देव पाण्डे, महिला संगठनका उपाध्यक्ष सबो खातुन, सदस्य नगमा खातुन, जगरनाथपुर गा.पा. अध्यक्ष चन्दन चौहान, पर्सागढीका वडा संयोजक राजेश चौरसिया, त्यसैगरी निकेश महतो, रामनरेश पटेल, बिनय यादव, राजेश यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५६ जना जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा दिनेश राउत गद्दी, अहमद मिया धोबी, मनोज कुशवाहा, होस नारायण साह, रोशन कुमार पण्डित, संतोष साह, अमित ठाकुर, जमील अंसारी, दिपेन्द्र यादव, लक्ष्मी साह तेली, सैनुनेसा, जैबुनेसा, सैमुलनेसा, रेखा देवी दास, रिता देवी राम, रोहित कुमार, सुरज साह लगायत रहेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य खान, जिल्ला सहईन्चार्ज रौनियार, महिला अध्यक्ष अनिता रौनियार लगायतका नेताहरुले अबिरको टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close