विकास निर्माणमा अनियमितता भएको भन्दै स्थानिय वासिन्दाद्वारा काम गर्ने ठेकेदारलाई काम गर्न रोक लगाईयो

वीरगंज १८ फागुन ।
पर्साको धोविनी गाउँपालिकामा विकास निर्माणमा अनियमितता भएको भन्दै स्थानिय वासिन्दाले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई काम गर्न रोक लगाएका छन् ।

धोविनी गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुरमा आर्थिक बर्ष २०७६÷७७ मा नाला ढलानका लागि ३० लाखको योजना अलपत्र पार्ने ठेकेदारलाई नै फेरि १६ लाखको नाला निर्माणको काम गाउँपालिकाले दिएको र नाला निर्माण कार्य गुणस्तरहिन भएपछि स्थानिय वासिन्दाले काम गर्न रोक लगाएको हरिहरपुरका समसुल हक मियाले जानकारी दिनुभयो ।

नाला ढलान गर्ने क्रममा आवश्यक मात्रामा सिमेन्ट, रडको परिणाम नरहेको र लागत स्टिमेट विपरित काम भएको थाहा पाएपछि ५०÷६० जना भन्दाबढी स्थानिय वासिन्दाले नाला ढलान कार्य रोकेको र स्थानिय निर्माण कार्य रोकेपछि ठेकेदारले मिक्स्चर लगायतका निर्माण सामग्री लान खोज्दा स्थानियले नियन्त्रणमा लिई रोकेको मियाँले बताउनु भयो ।

यस सम्बन्धमा ठेकेदारले गाउँपालिकाका जनप्रतिनिधिलाई कमिशन दिएर ठेक्का लिएको स्थानिय वासिन्दालाई बताएको मियाँले बताउनु भयो ।

कोरोना संक्रमणपछि रोकिएको विकास निर्माण हाल धमाधम भई रहेको र पर्सामा उपभोक्ता समिति तथा ठेकेदार मार्फत चौतर्फी गुणस्तरहिन निर्माण कार्य भई रहेको स्थानिय वासिन्दाले गुनासो गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close