
पर्सा २७ पौष । धोविनी गाउँपालिका को प्रमुख प्रशासकीय राजु साह विरुद्ध आईतबार स्थानिय द्धारा विरोध प्रदशर्न गरीएको छ । प्रमुख प्रशासकीय साह कार्यालयमा उपस्थित भएको दुई तिन महिना भित्र करोडौको रकम हिनामिना गरेको आरोप लगाउदै स्थानियले धोविनी गाउँपालिका कार्यालयको अगाडी विभिन्न नारावाजी गर्दै विरोध प्रदशर्न गरेका हुन ।
धोविनी गाउँपालिका को प्रमुख प्रशासकीय राजु साहले आफ्नो व्यतिगत स्वार्थमा र लोभका कारण गा.पा को योजना व्यतिmगत रुपमा चलाएको भन्दै आफुहरुले सरुवा गराउन प्रयास गरेको गापा अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताएका छन । गा.पा बोर्डको निर्णय विपरीत शिक्ष समिती गठन गरी तिन शिक्षक नियूती र खेलकुदमा कार्यालयको सामान खरिद , संचार को रकम मनोमानि भुतmानी लगायतको कामहरुमा मनोमानी डण्गले व्यापकरुपमा प्रष्टाचार गरेकोले आफुहरु सरुवा गराउने बाट खोजेको उनले बताए ।
गरीब निमुखा जनताले सहज र सरलतरीकाले पाउने सेवा पादर्शक तरीकाले नभएकोले गाउँ पालिका का आमनगरीकहरुले विरोध गर्दै प्रदर्शन गरेको उनले बताउदै सेवा ग्राही संग दु्रव्यवहार गरेकोले आमनागरीक आक्रोसीत भएको बताएका छन ।
बिसयमा धोविनी गाउँपालिका को प्रमुख प्रशासकीय साह अथवा जनप्रतिनिधीहरुले राष्ट्रिय र जनताको सेवकको रुपमा कामगर्ने कर्मचारीहरु यसरीनै सेवबाट शासक हुदै गर्दा शुखी नेपाल र सम्रीद नेपालको कलपना गर्न असम्भव रहेको प्रष्टबुझन सकिन्छ ।




