
रौतहट , साउन २५ गते सोमबार ।
रौतहटबाट प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित गत साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा बट्टेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका–९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका–४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त नक्कली नोटसहित फेला पारेको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपि सिद्धि बिक्रम साहले जनाएका छन ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि साहले जानकारी दिनुभयो ।