
बा आमाबाट बाल बिछोड रोक्नु हरेक प्रदेशको जीमेवारी सम्बन्धी दुई दिने प्रदेश यस्तरिय पैरवी कार्यशाला गोष्ठी आज होटल पुजनमा सम्पन्न भएको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना र swic संस्थाको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा swic संस्था की प्रदीप्त कादम्बरीले बाल बालिकाहरु किन कसरी आफ्नो आमा बुबाबाट बिछोड हुन पुग्छन भन्ने विषयमाथि प्रकाश पार्नु भएको थियो । वहाले दुई दिने गोष्ठीमा नेपालमा बालबालिकाहरुको वर्तमान अवस्था र आमा बुबाबिचको सम्बन्धको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
यसैगरी गोष्ठीमा सहभागीहरुलाई जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेश साहले यो विषय अत्यन्तै महत्पूर्ण भएको हुनाले यस तर्फपनी स्थानीय तहले विशेष ध्यान दिन आग्रह गरेका थिए । दुई दिने गोष्ठीमा सहभागीहरुलाई बालबालिका र आमा बुबाबाबिचको सम्बन्ध सम्बन्धी पप्रोजेक्टरको माध्यमले विभिन्न जानकारी , समुहगत छलफल, अन्तर्क्रिया लगायत प्रोजेक्ट वर्कको माध्यमले तालिम दिइएको थियो ।
यसैगरी जिल्ला समन्वय समिति पर्साका सलाहकार ब्रिजकिशोर पटेलले अभिभावकहरुलाई आफ्नो बालबालिका प्रति जिम्मेवार भई बालबालिकाको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रतकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बालबालिकाका र आमा बुबाबिच राम्रो सम्बन्ध बनाउनमा सबैको सहयोग आवश्यक रहेको र यस कार्यमा महासंगको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
गोष्ठीमा बहुदरमाई नगरपालिका का उपमेयर कार्यक्रम जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहीम देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।




