
नेपालि काङ्ग्रेस पर्साले प्रदेश दुईको राजधानी वीरगंज हुनुपर्ने माग गर्दै र्याली जुलुश निकालेको छ । नेपाली काग्रेसको वीरगंज नगर कार्य समितिले वीरगंजमा प्रदेश २ को राजधानी हुनुपर्ने माग गर्दे प्लेकारार्ड सहित रैली निकालेको हो।
नेपाली काग्रेस वीरगंज नगर कार्यासमितिले वीरगंजलाई राजधानीको माग गर्दै घण्टाघरवाट निकालेको जुलुस बीरगंजको माईस्थान, आर्दशनगर, घडिअर्वा पोखरी हुँदै पुर्ण घन्टाघरमा कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर ४ को( क )का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै वीरगंज राजधानी नभएसम्म आफुहरुको अन्दोलन जारी रहने बताउनुभयो।
प्रदेश सभा चौधरीले आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरुले वीरगंजलाई राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताउनुभयो ।
त्यसैगरि नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ को (क) का प्रदेश सभा सदस्य राजेशवर साह तेलीले आफ्नो पार्टीले सडक देखि सदन सम्म वीरगंज राजधानी बनाउनुपर्ने दबाब दिदै आएको बताउनुभयो।
दबाब रैलीको कोणसभालाई सम्बोधन गर्दे प्रदेश सभासद तेलीले मधेशका नेताहरुले वीरगंजलाई राजधानी बनाउछु भनेर बीरगंज बासीहरुलाई झुठो अशवासन दिएको बताउनुभयो ।
उक्त दबाब रैली कार्यक्रममा नेपाली काग्रेसका सबिधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, काग्रेसका पर्सा जिल्ला सभापति अजय दुबेदी , युवा नेता शयाम पटेल , मोहमद सहावुदिन, ईमतियाज आलम, अरविन्द गुप्ता, दिलिपराज कार्की,मनोज साह,राहुल गुप्ता लगाएत नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली काग्रेस वीरगंज नगर कार्यासमितिले वीरगंजलाई राजधानीको माग गर्दै घण्टाघरवाट निकालेको जुलुस बीरगंजको माईस्थान, आर्दशनगर, घडिअर्वा पोखरी हुँदै पुर्ण घन्टाघरमा कोण सभामा परिणत भएको थियो।
सो कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर ४ को क का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै वीरगंज राजधानी नभएसम्म आफुहरुको अन्दोलन जारी रहने बताउनुभयो।





