बिरगंजमा अत्याधुनिक शव दाह गृह ( शमशानघाट) निर्माण हुने ।

बिरगंज , भदौ २६ गते शुक्रबार ।

वैश्विक काेरेाना माहामारीका कारण मृत्यु भएको ब्यक्तिहरूकाे अन्तिम दाह संस्कार एंव शव ब्यवस्थापन गर्न धेरै कठिनाईकाे भईरहेकाे अवस्थामा मृतकको धार्मिक परमपरा अनुसार दाह संस्कार तथा शव ब्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक श्री गंगा पन्त ज्युकाे संयाेजकत्वमा बिरगंज वडा नं०१३स्थित श्रीरामजानकी मठ क्षेत्र भित्र श्रीसिया नदि किनारमा विशेष तथा अत्याधुनिक शव दाह गृह (शमशानघाट)गरिने भएको छ।साे घाटकाे नाम सामुदायिक अार्य घाट बिरगंज -१३पर्सा नामाकरण गरिएको छ,भने घाटकाे निर्माण तथा ब्यवस्थापन गर्न राजकुमार दारूकाकाे अध्यक्षतामा १७सदस्यीय निर्माण तथा बयवस्थापन समिति गठन गरिएको छ।गठन कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्त ,प्रहरी नायब उपरीक्षक मनाेजित कुवर,ग्रिनसिटि सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतान,वडा प्रहरी श्रीपुरका प्रहरी निरिक्षक दिपक शाह,वडा अध्यक्षहरू तुफान फारूक अंसारी,अवधकिशाेर कुशवाहा,प्रधुम्न सेढाई ,ग्रीनसिटीका उपाध्यक्ष संजय शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे।

नव गठित समितिको अध्यक्षमा राजकुमार दारूका, उपाध्यक्षमा तुफान अन्सारी , सचिवमा उमेशलाल सहनी,काेषाध्यक्षमा राजकुमार महताे काेईरी, सदस्यमा विनाेद महतो , वडा प्रहरी कार्यालय श्रीपुर , जयप्रकाश खेतान, संजय शर्मा , त्रिलाकचन्द द्वारूका, प्रधुम्न सेढाई , अवधकिशोर कुशवाह ,अमिन मिया तेली, धर्मेन्द्र प्रसाद यादव , ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र , माडवाडी समाज, सन्दिप यादव र नन्दकिशोर यादव रहेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले प्रहार डेलीलाई बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close