अस्पताल उद्घाटनको क्रममा लक्ष्मणवामा मेयर सरावगी एवं जसपाका नेता कार्यकर्ता बिच घम्साघम्सी

बीरगन्ज महानगरपालिकाको मेयर बिजय सरावगीको उद्घाटन कार्यक्रममा बवाल भएको छ । बीरगन्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा नवनिर्मित चारकोठे आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गर्न पुगेका मेयर सरावगीलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले अवरोध गरेको छ । जसपाका नेता कार्यकर्ता नाराबाजी गर्दै बिरोधमा उत्रिए पछि केही अस्पतालको मुल गेटमा दुवै पक्ष बिच घम्साघम्सी भएको थियो ।

आफ्नै वडा निर्माण भएको स्वास्थ्य चौकीको उद्घाटन क्रम पुगेका मेयर सरावगीले वडा अध्यक्ष एवं बीरगन्ज महानगर अध्यक्षसँग समेत जानकारी नदिएको भन्दै पार्टीका स्थानिय नेता कार्यकर्ताले आपत्ती जनाएका थिए । स्थिताई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे भएको थियो । सो क्रममा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले बिजय सरावगीलाई अस्पतालको मुल गेटमै अवरोधको प्रयास गरेको थियो भने मेयर सरावगी मुर्दाबादको नारा लगाएका थिए ।

अस्पतालको गेटमा मेयर सरावागी माथी उनकै नेता कार्यकर्ताहरुले धक्कामुक्की गदै अवरोध गरे पछि प्रहरीको सहयोगमा मेयर सरावगी अस्पतालमा प्रवेश गरेका थिए । सो क्रममा मेयर सरावगी माथी हातको प्रयास समेत भएको थियो भने प्रहरीहरु र जसपाका कार्यकर्ता बिच झडप समेत भएको थियो ।

मेयर सरावगी अस्पतालमा प्रवेश गरी पछि पनि जसपाका नेता कार्यकर्ताहरुले मेयर चोर, मेयर गद्दार लगायतको नारावाजी गरेका थिए । प्रहरी घेरामा अस्पतालको मुख्य कक्षमा बसेका मेयर सरावगी बिरोध कार्यक्रम साम्य भए पछि अस्पतालको शिलालेख खोली अस्पताल उद्घाटन गरेका थिए तथा प्रहरी स्कटिङ्ग फर्किएका थिए । सो क्रममा बाटो रोकी बिरोधी पक्षले पुतला दहन गर्ने प्रयास गरे पछि मेयर सरावगी अर्कै बाटोकाट फर्किए पछि पुतला दहन कार्य रोकिएको थियो । अस्पताल उद्घाटन पश्चात मेयर सरावगी पक्षधर कार्यकर्ताले मेयर सरावगी जिन्दावादको नारा लगाएका थिए । Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close