
जनकपुर/५भादौ
वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, मधेश प्रदेश को स्वकीय सचिवालयको प्रशासन सहायक पदमा पटेल नबिन कुमार पटेल नियुक्त भएका छन्।
मधेस प्रदेश सरकार का आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी समेत रहेको हुँदा उक्त मन्त्रालयको सेवा सुविधा अन्तर्गत प्रदेश ऐनको अनुसूचि २ को दफा ११ को उपदफा १ संग सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रीको निजी सचिवालयमा रहने कर्मचारीको तालिका बमोजिम जिल्ला पर्सा वीरगंज उपमहानगरपालिका वार्ड नं १८ हाल वीरगंज महानगरपालिका वडा नं १५ निवासी नबिन कुमार पटेल लाइ (रा.प.अ.न. प्रथम श्रेणी वा सो सरह) पदमा आज देखी लागु हुने गरि नियुक्ती गरिएको छ ।
साथै स्वकीय सचिवालयको प्रशासन सहायक पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई छ भन्दै वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, मधेश प्रदेश जनकपुरधायका स्वकीय सचिव प्रेमचन्द्र झा द्वारा हस्ताक्षरित नियुक्ती पत्रमा उल्लेख गरिएको छ।




