
बीरगंज, पर्सा
सशस्त्र प्रहरी बल को सिमानाकामा डियुटी रहेतापनि पर्साको बीरगंज भन्सार नाका लगायत बिभिन्न नाकाबाट तस्करी सुरु भएतापनि सम्बन्धित निकाय मौन रहेको समाचार प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल पर्सा जिल्लामा घुश खोर कर्मचारी का कारण बदनाम हुन पुगेको छ । केही दिन देखी मुख्य नाका हुदै बन्द रहेको तस्करीको लाईन कार्वाही मा परेका प्रहरी निरीक्षक राजेन्द्र भट्ट पुन आए पछि तस्करी को लाईन खुलेको छ।
विओपि श्रिसिया का प्रहरी निरीक्षक तिर्थ राज नियूपाने बिदा मा भएको बेला प्रहरी उपरीक्षक ले यही मोका छोपि तस्करी का लाईन दिएका छन्।
चुनावको समय तस्करहरुको लागी सुवर्ण अवसर बनेको छ । सुरक्षा निकायको ध्यान निर्वाचन तर्फ केन्द्रित भएकोले तस्करहरुको लागी सुवर्ण अवसर उपलब्द भएको हो । बारा पर्सा जिल्ला तस्करीको प्रमुख केन्द्र रहदै आएको छ । बीरगंज भन्सार सहित छोटी तथा चोर नाकाहरु भएर दैनिक तस्करी हुने गरेको छ ।
सिमावर्ती क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी हरु संगको संलग्नतामा तस्करी हुने गरेको छ भने हाल आएर संघ र प्रदेशको निर्वाचन हुन गईरहेको कारण सुरक्षा अधिकारीहरुको ध्यान त्यसै तर्फ केन्द्रित भएको छ भने सिमा क्षेत्रवाट प्रहरी कठौती गरिएको छ जस्ले गर्दा तस्करहरुको लागी अवसर आइपरेको हो । दिनमा साना तस्करी र रातमा ठुला तस्करी हुने गरेकोमा हाल आएर दिन रात ठुला साना तस्करहरुले आरामेल तस्करी गरिरहेका छन सिमित सुरक्षाका लागी प्रहरी भएको कारण प्रहरीलाई रकम समेत कम दिन परेको कारणले पनी चती खेर तस्करहरु हौसिएका छन ।
केही दिन अघि मात्र विओपि वीरगञ्ज भन्सार कार्यालय का प्रहरी निरीक्षक राजेन्द्र भट्ट तस्कर सँग पैसा मागेको आरोप मा सशस्त्र प्रहरी प्रधान कार्यालयमा उजुरी परे पछि तानिएका थिए । पैसा र पावर कै बलमा फेरि वीरगञ्ज भन्सार बिओपि आई पुगे पछि मुख्य नाका हुदै तस्करी लाईन खुलियाम खोलिएको छ ।
साथै पर्सा जिल्लाको सिमानाकामा पर्ने ड्राइपोर्ट भित्र रहेको बिओपी क्याम्प अन्तरगत पर्ने सिर्सिया ख.टो नाका लगायत,अलौं,अमरपटी, प्रसौनी भाठा, भिस्वा,जानकी टोला नाकाहरु बाट दिन र रात गरी लाखौं लाख को तस्करी फस्टाए पनि तस्करी रोक्न को लागि सम्बन्धित निकाय को ध्यान पुगेको छैन। सम्बन्धित निकाय को ध्यान नपुगेको कारण नेपाल सरकार को अर्थतन्त्र मा पनि कमिआएको प्रष्ट देखिन्छ।




