यादवले शक्ति ट्रान्सपोर्टको आडमा तस्करी गर्दै

वीरगंज, पर्सा

वीरगंजको आदर्शनगर स्थित शक्ति ट्रान्सपोर्टको मालिक मदन यादवले प्रहरी लाइ मिलाएर ठुलै परिमाणको तस्करी भइरहेको समाचार प्राप्त भएको छ।

बारा जिल्लाको बलरामपुर घर भएका मदन यादवले माल समान दुवानी गर्ने ट्रान्सपोर्टको आडमा कपडाको गाठको तसकरी गर्ने गरेको समाचार प्राप्त भएको छ।

यादवको तस्करीको कपडा रिक्सामा लोड गरी वीरगंज भन्सार पछाडिको बाटो भएर वीरगंज प्रवेश हुने र आदर्शनगरमा शक्ति ट्रान्सपोर्टको गोदाममा पुगने गरेको छ।

ट्रान्सपोर्ट संचालक यादवले नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकारी देखी जिल्ला र सिमावर्ती क्षेत्रमा रहेका प्रहरी सँग सेटिङ मिलाएर तस्करी गर्दै आएका छन्।

मदन यादवको तस्करीको सम्मान बिना रोकटोक आदर्शनगर स्थित शक्ति ट्रान्सपोर्टको गोदाममा पुगछ र नक्कली बिल बिजक बनाएर देशको बिभिन शहरमा पुगने गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close