
वीरगंज -बढ्दो कोरोना संक्रमणबाट सुरक्षित रहेर माघी मनाउन वीरगंज बिर्ता वडा नम्बर ४ मा रहेको सुर्य अस्पतालका सञ्चालक डा. सरोज सिंहले आग्रह गर्नुभएको छ ।
आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै डा. सिंहले बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्नुभएको हो ।
यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । डा.सिंहले भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन आग्रह गर्नुभको छ ।
पहिलाको बर्षमा स-साना त्रुटीले धेरै जनधनको क्षति भएकोले सावधानी पूर्वक चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको हो । साथै उहाले कोरोना खोप सबैलाई लगाउन आग्रह गर्दै आफ्नो सुरक्षाको लागि सरकारले जारि गरेको सुरक्षा प्रोटोकललाई पालना गर्न आग्रह गर्नुभएको छ ।




