वीरगन्ज कातिक २९
वीरगन्जमा पहिलेदेखि भएको नारायणी रंगशालालाई पाखा लगाएर यहाँ हुनुपर्ने प्रादेशिक रंगशाला तानेर जनकपुर लगेजस्तै मुख्यमन्त्री भएपछि लालबाबु राउतले वीरगन्ज क्षेत्रको मातृभाषालाई पनि बेवास्ता गरेका छन् । आफ्नो कार्यकालमा मैथली भाषा, संस्कृत, कला लगायतको क्षेत्रमा काम गर्ने संघ संस्थालाई बिभिन्न शिर्षकमा, पर्वाधार तथा अन्य सम्बद्र्धनका कार्यक्रममा १५ करोडभन्दा बढी रुपैया यिनले बिनयोजन गरेर दिएका छन् । भोजपुरीलाई १५ रुपैया पनि दिएका छैनन ।
‘मैथिलीको बिकासको लागि लगानी गरेको कुरासंग हाम्रो कुनै आपति होइन, मातृभाषाहरुको बिकासमा प्रदेश सरकारले काम गर्नैपर्छ,’ भोजपुरीका एक जना अभियानकर्मीले भने, ‘भोजपुरीलाई गरेका उपेक्षा आश्र्चजनक र अन्यायपुर्ण छ ।’ लालबाबु राउतले मैथली र मिथला नाम जोडिएका संघ संस्थालाई मनग्य पैसा बाँडेका छन् । जनता समाजवादी पार्टीले नेतृत्व गरेको प्रदशे सरकार ले ‘मैथिलीलाई काँखा र भोजपुरीलाई पाखा’ गर्ने नीति लिएको देखिन्छ ।
भोजपुरीको लागि आफैले सार्वजनिक रुपमा घोषित गरेको प्रतिबद्धता पुरा गरेनन नै, भेजपुरीका अभियानकर्मीहरुले भेंटेरै राखेका माग पनि उनले सुनेनन ।
२०७७ फागुन ९ गते वीरगन्जको रेल्वे रोडस्थित भोजपुरी प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवसको दिनमा आयोजित एउटा समारोहमा प्रमुख अतिथीको रुपमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले भोजपुरीको बिकासको लागि प्रदेश सरकारले नीति बनाएर नै बजेट तथा कार्यक्रमहरु दिने घोषणा गरे । तर उनको कार्यकाल बितिसक्दा पनि त्यो प्रतिबद्धता पुरा गरेनन । भोजपुरीका भिष्मपितामः कहलिने पण्डित दीपनारायण मिश्र दिवांगत भएको बेला १३ औं दिनको पुण्य तिथीमा आयोजित कार्यक्रममा पनि राउतले भोजपुरीको बिकासको लागि प्रदेश सरकारको तर्फबाट योगदान गर्न बताएका थिए । तर कुनै वाचा पुरा गरेनन ।
भोजपुरी भाषामा पर्साबाट दैनिक अखबार र बाराबाट भोजपुरिया माटी पत्रिका प्रकाशित हुन्छ । ति पत्रिकाहरु पनि बिज्ञापन दिने सवालमा वा सुबिधा दिने विषयमा कहिल्यै मुख्यमन्त्रीको ध्यान पुगेन । भोजपुरीका का लागि काम गर्नेहरुका अनुसार भोजपुरी भाषाको बिकास र भोजपुरी संस्कृतिको प्रबद्र्धनमा प्रदेश सरकारको भुमिका शुन्य छ अहिलेसम्म । उनीहरुकै शब्दमा राउते मैथलीलाई टाउकोमा बोकेका छन भने भोजपुरीलाई ‘ठेङ्गा’ देखाएका छन् ।