
वीरगञ्ज – पर्साको जिराभवानी गाउँपालिका वडा न. ५ सखुवनियाको दलित बस्तिमा राहत वितरण गरिएको छ ।
विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि विगत ७८ दिनदेखी देश लकडाउन छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्दै आएका गरीब तथा दलित परिवारहरु प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य डा. अञ्जु कुमारी यादबले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्नुभएको हो ।
स्थानिय सरकारको ध्यान नपुगेको दलित बस्तिमा पुगेर राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य डा. यादबले १ सय ६० दलित परिवारलाई १ हप्ता पुग्ने गरी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गराउनुभएको हो । राहतमा प्रति परिवार चामल, दाल, तेल, आलु, सोयाबिन, नुन लगायतका खाद्य सामाग्री वितरण गर्नुभएको हो । यसका साथै सो क्षेत्रका एकल महिलाका लागि १० थान साडी समेत वितरण गरिएको छ ।
विश्व विषम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा प्रदेश सभा सदस्य भन्दा पनि नागरीकको हिसाबले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै निर्वाचन क्षेत्रभन्दा बाहिर पनि उहाँले राहत वितरण गर्नुभएको हो । अरु कसैले पनि राहत वितरण नगरेको क्षेत्रमा एक पटकको अनुरोधमै आएर राहत वितरण गरेकोमा प्रदेश सभा सदस्य डा. यादबलाई सामाजिक अभियानता प्रकाश थारुले आभार व्यक्त गर्नुभयो ।
राहत वितरण राष्ट्रिय जनता पार्टी पर्साका उपाध्यक्ष अनुज यादब, सामाजिक अभियानता प्रकाश थारु, महमद निजामुद्धिन लगायतको उपस्थिती रहेको थियो ।
प्रदेश सभा सदस्य डा. यादबले यसअघि पनि वीरगञ्ज महानगरपालिकाको कोभिड कोषमा पनि आर्थिक सहयोग गर्नुभएको थियो । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पिसिआर मेशिन र भिटिएम किट खरिदका लागि आह्वान गर्नुभएको कोषमा आफ्नो १ महिनाको पारिश्रमिक सहयोग गर्ने पहिलो प्रदेश सभा सदस्य समेत हुनुहुन्छ । डा. यादव विभिन्न समयमा यसैगरि गरिव र अतिविपन्नहरुलाई सहयोग गर्दी आउनुभएको छ ।




