
बिरगंज , पुष २१ गते बिहीबार ।
चिसोको कारण आज एक जनाको मृत्यु भएको छ ।बिरगंजमा केही दिन देखि बढदै गएको चिसोका कारण सडक बटुवाहरुलाई निकै सास्ती भएको छ। आज बिहीबार बिहानै आदर्शनगरबाट घडिअर्वा पोखरी तर्फ जाने सडक खण्डमा हिड्दै गरेका बिरगंज महानगरपालिका वडा नम्बर एक निवासी जितेन्द्र लाल कर्ण अचानक सडकमा ढलेको देखेपछि पर्साका प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले आफु सवार गाडीबाट अचेत कर्णलाई प्रहरी टोलीको सहयोगमा उपचारको लागि नारायणी अस्पताल पुर्याएका थिए।
अस्पताल पुगे लगतै चिकित्सकको टोलीले चेकजाँच गरेपछि कर्णलाई मृत घोषणा गर्यो। मृतकको पोस्टमार्टम गरी आफन्त जनलाई बुझाउने तयारी भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




