
वीरगंज, पर्सा
सर्लाही कौडेना गाउँपालिकाका जन निर्वाचित अध्यक्ष रुपेश कुमार माथि मिति २०८०/७/७ गते मंगलबार राति इनर्वा स्थित उहाकै निवासमा भएको गोलि प्रहार को घटनाको नेपाली कांग्रेस सर्लाहीको गम्भिर ध्यानकर्षण भएको छ ।
जन निर्वाचित माथि ज्यान मार्ने उदेश्यले भएको घटना लोकतन्त्र बिरोधि,आपराधिक मानसिकताको उपज हो।यस्तो घटनाको घोर निन्दा गर्दै,गोलि प्रहार गर्ने, गराउने जो सुकै भएपनि तुरुन्त पता लगाइ दोषिलाई कानुनि दायरामा ल्याई कडा भन्दा कडा सहाय गराउन हुन प्रसासन तथा सरकार समक्ष नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रताप सिंह द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस




