वीरगन्जका मेयर सरावगीको राजीनामा स्टन्ट’

वीरगन्जका मेयर सरावगीको राजीनामा स्टन्ट’

पछिल्लो पटक जब चुनावको माहोल उत्कर्षमा थियो, त्यति बेला तत्कालीन संघीय समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवको ‘जल्वा’पनि उत्कर्षमा थियो । चुनाव भयो, उक्त पार्टीले सफलता समेत पायो । अहिले आफै पनि साँसदमा निर्वाचित भएका नेता यादवको त्यो ‘जल्वा’ सकिएको छैन, तर त्यति बेलाका उनको राजनीति अहिले वीरगन्ज नगरको लागि र उनको लागि पनि अफाप हुँदैछ छ ।

निजी क्षेत्रका एक जना सफल अगुवा विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएर, वीरगन्ज महानगरपालिकाको मेयरमा टिकट दिलाउनेदेखी जिताउनेसम्म भुमिका गरेका यादवले उक्त कदमबाट वीरगन्जको बिकास हुने भनेर उनले दावी गरेका थिए । राजनीतिमा फरक अनुहारको खोजिमा रहेका जनताको सदासयता, उपयुक्त माहलो निर्माणमा भुमिका गर्ने सहयोगी हातहरु र सरावगीको आफ्नै सक्रियता पनि नतिजा प्राप्तिमा सहायक भयो । तर, के नेता यादव र पार्टीले गरेको त्यो दावी पुरा भयो त ? एक शब्दमा उत्तर आउछ ‘छैन ।’

वीरगन्जका मेयर सरावगीको राजनीतिक अनुभवको कमी र बाणिज्यकर्मी संस्कारले गर्दा महानगरपालिकाको बिकासले गतिलिन पाएको छैन भन्ने आम राय छ । निर्वाचनभन्दा पुर्व निर्धारित रहेका ठुला योजनाका कमसल कार्य बाहेक बिकास निर्माणको कुनै ठोस कार्य महानगरपालिकामा भएको देखिदैन । ठुला ठेक्कापट्टादेखी सानो डकुमेन्टरी निर्माणसम्म अहिले चितवनको कम्पनी र मान्छेहरुलाई दिइएको छ । यसको सुरुवात भयो, चितवनको मान्छेलाई पार्टी बाहिरबाट ल्याएर महानगरको प्रेस सल्लाहकार बनाउने कार्यबाट । पार्टी भित्रबाट यसको बिरोध भएपछि भर्पाईमा यस पंक्तिकारलाई पनि प्रेस संयोजक बनाइएको थियो । पार्टीको शुभेच्छु संस्थाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको यस पंक्तिकारले तत्कालीन रुपमा पार्टीगत निर्देशन टाल्न नसकेपनि अहिले आएर त्यहाँको यात्रा टुँगिएको पनि छ ।

यतिखेर नगरप्रमुख सरावगीले राजिनामा गर्ने भनेको समाचार संचार माध्यमहरुमा आएपछि यो टिप्पण्णी आवश्यक हुन गयो । यसअघि पनि यसै प्रकार राजिनामाको कुरा आइसकेको हुनाले यतिखेरको यो खबरपछि सरावगीको भनाईलाई धेरैले ‘स्टन्ट’ मानेका छन् । उनको राजिनामाको खबर लेख्ने संचार माध्यमहरु यतिखेर चनाखो हुन जरुरी छ, ‘यिनीहरुले झुठो समाचार लेखे’ भनेर सरावगीको वक्तव्य आउन बेर छैन । यसअघि वीरगन्जेली संचारजगतको यस सम्बन्धी तितो अनुभव छ ।

डेढ बर्ष अगाडि सरावगीले यसैगरी राजीनामा गरेको प्रचार गरे, वक्तव्य दिए । र, पछि उल्टिए अनि सो समाचार गलत हो भनी संचारकर्मी तथा संचारमाध्यमहरु माथी आक्षेप लगाए । प्रेस संयोजकबाट त्रुटी भयो भनेर पनि भने । पार्टीभित्रको आन्तरिक कुरा बाहिर छताछुल्ल नहोस भनेर पार्टीको जिल्ला नेतृत्वको निर्देशन अनुसार त्यति बेलाचुप लाग्ने बाध्यता थियो । अब भने प्रेस संयोजकको जिम्मेवारीबाट उन्मुक्तिपछि म निर्धक्क भन्न सक्छुँ, त्यति बेला सरावगीले जे प्रयोजनका लागि भए पनि लिखित राजिनामा दिएका थिए । सुरुमा त्यसबारे उनले सत्य नै बोलेको भएपनि , पछि उल्टिए । र, संचारमाध्यम तथा संचारकर्मीहरुलाई गलत आक्षेप लगाए । उतिबेलाको राजिनामापत्र अझ पनि पंक्तिकारसंग सुरक्षित छ ।

अब फेरी नयाँ प्रसंगतिर जाउँ । यसपाली सरावगी उल्टिए भने त्यो अवगाल कस्ले खप्ने रु तसर्थ संचारमाध्यमहरु प्रमाण जोगाईराख्नु, नभए बेइज्जति होला । राजिनामाको धम्की धेरै पटक यसअघि पनि आउने गरेपनि, ूपार्टी छोडेपछि पद जानेू भनेर कानुनी ब्यवस्था भएपछि बिचमा केही दिन त्यो बन्द थियो । पार्टीका जिल्ला नेताहरुको शब्द सापटी लिने हो भने, ‘यो घुर्की मात्र हो ।’ हो अहिले नेकपाका का अध्यक्ष पुष्पकमल कि दहाल पुत्री रेणु दहाल, जिल्लामा सो पार्टीका पर्सा अध्यक्ष प्रभु हजरा र नगर अध्यक्ष रहबर अन्सारी लगायतसंग सरावगीको नजदिकी भने जगजाहेर छ । यसले पार्टीबाट बहिर्गमन भई उनले आगामी दिनमा जाने गन्तब्यको संकेत गरे पनि अहिले नै यही निश्कर्ष निकाल्दा हतार हुन्छ । पार्टी बाहिर पनि त दोस्ती यारी हुन सक्छ नि ।

अनापेक्षित के छ भने, कम्युनिष्ट पत्रकारहरुको अहिले उत्पन्न ‘मेयरप्रेम’ । र, ‘बैंक काण्डमा सरावगी जेल जाने तय भएको’ भनी समाचर बिगतमा लेख्ने र अनेकौंअनर्गल कुरा गरेर चुनावताका सरावगीलाई धुरुधुरु रुवाउने पात्रहरुसंगको ‘लभ’ भने नबुझिएकै हो ।

मेयर सरावगीले एउटा रेडियो अन्तरवार्तामा भनेका छन्, ‘पार्टीका केही नेताहरुको इशारामा आफु माथि यति षडयन्त्र भइरहँदा पनि पार्टीको नेतृत्व भने मुकदर्शक भएर बसेको छ । पार्टीको नगर अध्यक्षले प्रोपोगान्डा रचेर बदमान गर्दा समेत पार्टीले कारवाही गर्न नसकेको र चुपलागेर बसेको , केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत आफुलाई पेलेर जान चाहेको छ ।’ यि हुन उनले अहिलेसम्म नउल्टिकन राजिनामा दिनुपर्ने कारण बताएको बिषय । अब पार्टी नगर अध्यक्षको बिज्ञप्तिको कुरा गरौं । वीरगन्ज महानगरपालिकाले वडा नम्बर १४ मा राहतको लागि पठाएको समानमा ३ वटा गडबडि निस्किएको वडा अध्यक्ष भरत कुर्मीले आरोप लगाए ।

एक, माचामलको वजनकम, दोस्रो बोरामा मिति उल्लेख नभएको र तेस्रो चामल कुहिएको निस्किएको । यसमाथी छानबिन गर्न भनेर कर्मचारीहरु पठाएको प्रति पार्टीका महानगर अध्यक्ष इश्वरचन्द्र यादवले आपति जनाए । जननिर्वाचित कार्यापालिका सदस्य उपर छानबिन गर्न कार्यपालिका मातहतकै कर्मचारी पठाउनु गलत हो भन्ने नगर अध्यक्षले जनाएका थिए । प्रतिक्रियास्वरुप सरावगीले यस्तो अन्तरवर्ता दिनपुगे र राजिनामा दिने मनसायमा पुगेको बताए । र, माथि उल्लेखित रोइलो सार्वजनिक रुपमा सुनाए ।

उनको भनाईलाई सत्य स्विकार गर्ने गर्ने हो भने आखिर किन केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत उनलाई पेलेर जान चाहेको हो रु चुनावताका नजिक रहेका ब्याक्तीहरु किन एकएक गरी टाँढिए ? उनको पार्टी प्रवेश, टिकट प्राप्ति र जीतमा अहम भुमिका गरेका नेता यादवसंग उनको मेल किन बिग्रियो ? यी प्रश्नको उत्तर भने उनले आफै खोजी गर्ने हो । के सबै गलत र उनी एक्लै मात्र सही हुन ? यदी त्यसो हो भने यसको उपाय राजीनामा कदापि हो ।यसलाई पनि त्यसै गरौं ।nepalpana

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close