गृहमन्त्री लामिछाने को निर्देशन तेर्दै मधेस प्रदेशका डिआइजी र जिल्ला प्रशासन प्रमुख

गृहमन्त्री लामिछाने को निर्देशन तेर्दै मधेस प्रदेशका डिआइजी र जिल्ला प्रशासन प्रमुख

आफू गृह मन्त्री बने पछि १०० % सुशासनको अनुभुती दिलाउने ठोकुवा गरेका गृहमन्त्री रबि लामिछानेको निर्देशनलाई तेर्दै मधेस प्रदेशका नेपाल प्रहरीका डिआइजी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीले तस्करहरु संग मिलेर अहिले सिमामा तस्करीको लाइन दिइरहेको पाइएको छ । सीमा नाकाबाट बढ्दै गएको तस्करी नियन्त्रण गर्ने जिम्मा पाएको सुरक्षा निकायकै मिलेमतोमा सप्तरीमा यसरी तस्करीको लाईन खुलाउनु नयाँ गृहमन्त्री बनेका गृहमन्त्री लामिछाने को सुशासनको वादा लाई उपहास गरेको पाइएको छ।

सप्तरीका नाकामा लाईन मिलाउन सिरहा र सप्तरीका कतिपय ठुला व्यापारी र भारतीय ब्यवसायीले मोर्चाको नेतृत्व गरेका छन्। लाइन खोल्न कै लागि ७६ लाखमा सीडीओदेखि डीआइजीसम्मलाई नजराना बुझाइएको श्रीश खबर डक कमले समाचार प्रकाशित गरेको छ।

सिरहाका हरेराम यादव, प्रकाश साह र गोपाल गुप्ता अनि सप्तरीका मो. अजिज, मो. सागिर र ओमप्रकाश यादवले प्रहरी प्रशासन संग मिलेर लाईन खुलाएका छन्। उनीहरुकै सकृयतामा प्रतिबन्धित समानको तस्करी भईरहेको स्रोतको दावी छ। नेपालबाट चीनियाँ स्याउ र लाईटर, कस्टमेटिक सामान, मरिच, सुपाडीलगायतका सामान निर्यात भईरहेको छ भने भारतबाट धान, चामल, फलाम, ईलेक्टोनिक्स, लत्ताकपडा, किराना सामान, मटर र मदिरा सहितका सामानको लाईन खुलेको स्रोतले बताएका छन ।

स्रोतका अनुसार वेल्ही नाका १७ फागुनदेखि १ चैतसम्मका लागि खुल्ला गरिएको हो। त्यसका लागि पातो बजारका ओमप्रकाश यादवको भुमिका मुख्य छ। जनता समाजवादी पार्टी डाक्नेश्वरीका स्थानीय नेतासमेत रहेका यादवकी पत्नि ईन्दुदेवी गत स्थानीय तह निर्वाचनमा डाक्नेश्वरी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन्।

वेल्ही नाका भएर सिरहाको सामान समेत तस्करी भईरहेको छ। सिरहामा नयाँ सुरक्षा प्रमुख आएपछि तस्करीको लाइन रोकिएको छ। त्यसपछि तस्करहरु सप्तरीको बेल्ही केन्द्रित भएका छन्। भारतको लौकाहा हुँदै तस्करीका सामान बेल्ही नाका पुग्छ। लौकाहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) तैनाथ छ। तस्करीमा संलग्नहरूले एसएसबीलाई छल्दै अघिल्तिरको बाटो भएर मालसामान बेल्ही पु-याउँछन्।

यस नाकाबाट तस्करीका लागि वारिपारिका तस्करको संगठित सञ्जाल छ। प्रहरीका घुमुवा र तस्कहरुले मोटरसाईकल मार्फत निगरानी गर्छन। त्यसैले स्थानीयवासीहरु मुख खोल्न डराउँछन्। ज्यानकै जोखिम मोल्नुपरेपछि उनीहरुले देखेको नदेखै गर्नु परेको छ।

बेल्हीस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टका प्रमुख इन्स्पेक्टर महेश कार्कीले यस नाकाबाट भन्सार नकाटी कुनै पनि सामान ओसारपसार नहुने दाबी गरे। सप्तरी प्रहरीका एसपी गजुसिद्धि मानन्धरले पनि सप्तरीमा लाईन खुलेको कुरालाई अस्विकार गरे। हालसम्म त्यस्तो जानकारी नआएको र आए आफै गस्तिमा निस्कने उनको भनाई छ।

मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेलले मिलेमतोमा तस्करी भएको अस्विकार गरे। उनले तस्करीको सामान बोकेको गाडीको नम्बर दिए समात्ने दावी पनि गरे। मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी दीपेन्द्र साहले केही तस्करले लाइन खोल्न दबाब बढाएको स्वीकार्दै त्यसलाई सप्तरीका गणपतिले अस्वीकार गरेको दाबी गरे।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close